बैशाख १५, २०८१, शनिबार
               

नवरात्रमा शक्तिपीठ नखोल्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको परिपत्र

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेका बेला मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गर्दै दसैँमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेशमा रोक लगाउन निर्देशन दिएको हो ।

शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार कुरालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोहीअनुसार सबै शक्तिपीठ बन्द राख्न परिपत्र गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यसअघि शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव गरिएको थियो  । २१ असोजमा ओलाङ्चुङ्गोला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पनि कात्तिक १ गतेदेखि शक्तिपीठ खोल्ने तयारी भइरहेको बताएका थिए ।

तर, मन्त्रालयको प्रस्तावमा सीसीएमसीले कुनै निर्णय नगरेपछि मन्त्रालयले सो निर्णय गरेको हो । गृहले जारी गरेको परिपत्रमा अर्काे निर्णय नगरुन्जेलसम्मका लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन भएको बुझिएको छ । 


कस्तो लाग्यो ?

यो पनि