कात्तिक २६, २०८१, सोमबार
               

आज ३ सक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज देशभर विभिन्न स्थानमा ३ जनाकाे काेरोनाका कारण मृत्यु भएकाे छ । 

मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

त्यस्तै पोखरामा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । यही असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जाको भिरकोट नगरपालिका–२ का ५२ वर्षीय महिलाको आज मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

यता चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि