असोज ०५, २०८१, शनिबार
               

कोरोनाबाट वडा सदस्यसहित ३ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सप्तरीमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको आज मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ ।

अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । 

यता चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो । 

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन् । 

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । यही असोज १८ गते कोरोना सङ्क्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा भर्ना भई उपचाररत लमजुङ, बेंसीशहर नगरपालिका वडा नं २ निवासी पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि