रुपन्देही । रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको सोमबार बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।
योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० जना पुगेको छ ।
यसैगरी, सुनसरीको इटहरी–५ का ९० वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरमा सोमबार बिहान मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
स्वाबको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई उपचारका लागि २३ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।