असोज ०५, २०८१, शनिबार
               

रूपन्देहीका चारसहित सुनसरी, बाँके, चितवन र काभ्रेमा थप १० संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका चारसहित थप १० संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीका ४, सुनसरीका र बाँकेका २/२ तथा चितवन र काभ्रेमा एक/एक जना छन् ।

बुटवल–११ का ८४ वर्षीय संक्रमित वृद्धको अस्पताल लैजादै गर्दा मृत्यु भएको छ । बुटवलमा आईसीयू बेड नभएपछि जिल्ला बाहिरका अस्पताल लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको कोरोना विशेष अस्पताल वुटवलका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

यस्तै बुटवल ११ की ६१ वर्षीया वृद्धाको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आइतबार बिहान २ बजे मृत्यु भएको छ ।असोज २१ गतेदेखि आईसीयूमा राखेर उपचाररत उनमा श्वासप्रश्वासको समस्या ठीन नहुँदा मृत्यु भएको डा. गौतमले बताए ।

बुटवल–१ का ७० वर्षीय वृद्धको पनि शनिबार राति १० बजे कोरोना विशेष अस्पताल वुटवलमै मृत्यु भएको छ ।

असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी शनिबार नै अस्पताल भर्ना भएका थिए । उनलाई निमोनिया भएको डा. गौतमले बताए ।

यस्तै तिलोत्तमा नगरपालिका–३ का ६६ वर्षीया वृद्धाको पनि कोरोनाले मृत्यु भएको छ ।  उनको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि