मंसिर ०७, २०८१, शुक्रबार
               

समयमै भेन्टिलेटरमा उपचार नपाएपछि ललितपुरका काेराेना संक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

ललितपुर । कोरोना भाइरसबाट संक्रमित भई जावलाखेलस्थित अल्का अस्पतालको भेन्टिलेटरमा राखी उपचार गराइरहेका ललितपुरका एकजनाको निधन भएको छ । ललितपुरको मलपोखरीका ५० वर्षे पुरुषको उपचारको क्रममा शनिबार बिहान निधन भएको अल्का अस्पतालले जनाएको छ ।

मधुमेह, अल्सर तथा पायल्सका बिरामी ती व्यक्ति कोरोना भाइरसको संक्रमण देखिएपछि डाक्टरकै सल्लाहमा घरमै आइसोलेसनमा बसेका थिए । तर, स्वास्थ्य गम्भीर बनेपछि केही दिनअघि धोबीघाटस्थित मेगा अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ।

डाक्टरले भेन्टिलेटरमा राख्नुपर्ने बताए पनि सरकारी तथा निजी अस्पतालमा भेन्टिलेटर खाली नहुँदा समस्या भएको थियो । एक दिन ढिला गरी बिहीबार बेलुका अल्का अस्पतालको भेन्टिलेटरमा सारिएको थियो ।

शुक्रबार बेलुकादेखि रेमडेसिभिर औषधि पनि दिन थालिएको थियो । तर, उपचारकै क्रममा शनिबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि