जेठ ०५, २०८१, शनिबार
               

सुदूरपश्चिममा सङ्क्रमित  र मृत्युदर वृद्धि

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेशमा आज  ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम,बझाङ, डडेलधुरा,दार्चुला र डोटी जिल्लाका नयाँ सङ्क्रमित थपिएका हुन् । मन्त्रालयको तथ्याङ्कमा थपिएका सङ्क्रमितमा सुर्खेत जिल्लाका समेत एक जना रहेका छन् ।

प्रदेशमा हालसम्म  सात हजार ८८९जना सङ्क्रमित पुगेका छन् । सक्रिय सङ्क्रमित बिरामी एक हजार ४० जना  रहेका छन् ।  यही असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ ।  सङ्क्रमणवाट यही असोज महिनामा थप छ जनाको मृत्यु भएपछि आज सम्म  मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको छ । सक्रिय सङ्क्रमितको दर पनि पछिल्ला दिनमा बढ्दै गएको देखिएको छ ।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ खास गरी बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । कोभिड—१९को सङ्क्रमणका कारण हालसम्म  कैलालीमा नौ ,अछाम, बझाङ,र बाजुराका दुई/दुई  र कञ्चनपर,डडेलधुरा र बैतडीका एक/एक जनाको  मृत्यु भएको छ ।

पछिल्ला दिनमा प्रहरी कार्यालयका प्रमुख सहितका प्रहरी कोरोना सङ्क्रमण देखिएपछि  यसको असर सुरक्षा व्यवस्थापनमा पनि देखिन थालेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक बिष्टले प्रहरी कोरोनाबाट सङ्क्रमित हुँदा केही असहज महशुस भए पनि शान्ति सुरक्षा व्यवस्थापन लगायतको नियमित काममा  समस्या नरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षकसहित जिल्लाभरी हालसम्म ५४ जना  प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  ती मध्ये १३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि