जेठ ०५, २०८१, शनिबार
               

बाँकेमा कोरोनाबाट वृद्धको मृत्यु

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

बाँके । बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का ८५ वर्षीया वृद्ध रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । 

ती  वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए । 

जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ जना पुगेको छ । यसैबीच, जिल्लामा आज थप २४ जना  संक्रमित निको भइ घर फर्किएका छन् ।  जिल्लाका विभिन्न आइसोलेशनमा रहेका ६ महिला १८ पुरुष निको भइ घर फर्किएका हुन् । योसँगै बाँकेमा  संक्रमण निको हुनेको सङ्ख्या एक हजार ७६२ जना पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि