जेठ ०५, २०८१, शनिबार
               

युवतीको मृत्युपछि शवलाई प्रेमीको घरमा सुटुक्क राख्न गएका दुईजना पक्राउ

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

वीरगञ्ज । रौतहटमा एक युवतीको रहस्यमय मृत्यु भएको छ । दुर्गा भगवती गाउँपालिका ४ छतौनी टोलकी १७ वर्षकी युवतीको मृत्युपछि उनको शवलाई प्रेमीको घरमा राख्न गएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतक युवतीका काका–काकी रहेका छन् । बुधबार दिउँसो शव बोकेर हिँडेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

प्रेमीको घरमा भेटिएको शवलाई प्रहरीले पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगेको छ । घरमा कोही नभएका बेला युवतीको शवलाई ल्याएर युवकको घरमा राखेको थाहा पाएपछि स्थानीय महिलाले प्रहरीलाई खबर गरेका थिए ।

युवतीको मृत्यु कसरी भयो भन्नेबारे खुलेको छैन । प्रहरीले मृतकको घाँटीमा डोरीले कसेको दाग देखिएको तर हत्या वा आत्महत्या के हो भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने बताएको छ । स्थानीयबासिका अनुसार प्रेम सम्बन्ध रहेको थाहा भएपछि दुवै परिवारबीच मनमुटाब थियो ।

युवतीको मृत्युपछि उनका काका–काकी र मामासहितले मिलेर शवलाई प्रेमीको घरमा लगेको अनुसन्धानबाट खुलेको रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

मृतक युवतीका बुवा भने रोजगारीको सिलसिलामा भारतमा छन् ।


कस्तो लाग्यो ?

यो पनि