जेठ ०५, २०८१, शनिबार
               

प्रदेश १ मा ४११ जना संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

प्रदेश १ मा आज सबैभन्दा बढी ४११ जना कोरोना संक्रमित थपिएका र  विभिन्न स्थानबाट ४५८ जना डिस्चार्ज भएका छन् ।  थपिएका संक्रमितमा १५८ महिला र २५३ जना पुरुष  रहेका छन् ।

थपिएका संक्रमितमा मोरङमा १७४ मध्ये विराटनगरमा १००, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा दुईदुई, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा एकएक जना र प्रदेश बाहिरका १७ जनामा संक्रमित रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा संक्रमितको सङ्ख्या आठ हजार ८५७ पुगेको छ भने अहिलेसम्ममा चार हजार ६६२ जना निको भएर घर फर्किएका छन्  पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ६६१ जना सहित अहिलेसम्ममा एक लाख ३२ हजार ३३१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि