जेठ ०३, २०८१, बिहीबार
               

जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरीको कोरोनाका कारण मृत्यु

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

कञ्चनपुर । जुम्ल्याहा बच्चा जन्माएकी कञ्चनपुरकी महिलाको कोरोनाका कारण मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका २ की २९ वर्षीय महिलाको मृत्यु भएको हो ।

गर्भवती रहँदा रक्तश्रावको समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् । पछि उनको सामान्य डेलिभरी भएकोमा रक्तश्राव नरोकिएपछि बुधबार सेती अस्पतालको ल्याबमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।

महिलामा संक्रमण पुष्टि भएसँगै थप उपचारका लागि धनगढीबाट कोहलपुर लगिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि