जेठ ०४, २०८१, शुक्रबार
               

वामदेवको सुनुवाइ पुन: बुधबारसम्मका लागि सर्‍यो

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटको सुनुवाइ पुन: हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत एक स्रोतले जानकारी दियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। 

बुधबार हेर्दा हेर्दैको अवस्था राखेको  रहेको यो रिटको शुक्रबार (आज) सुनुवाइ बुधबारका लागि सारिएको हो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की,  विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।

बुधबार सुनुवाई नसिकएपछि शुक्रबारका लागि सारिएको सुनुवाई अदालतको समय सकिएपछि फेरि बुधबारका लागि सरेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

उक्त रिटमा असोज ७ गते प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सां‌सद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

यो पनि