जेठ ०३, २०८१, बिहीबार
               

रुपन्देहीमा एक कोरोना सङ्क्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

बुटवल । कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । 

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको  मृत्यु भएको हो ।उनी यही असोज ११ गते कोरोना पोजेटिभ देखिएसँगै असोज १३ मा अस्पताल भर्ना भएका  थिए ।

पछिल्लो समय भेन्टिलेटरमा उनको उपचार हुँदै आएको थियो । सोही उपचारका क्रममा उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि