कात्तिक ०६, २०८१, मंगलबार
               

होम आइसोलेसनमा बसेकी एक वृद्धाको  मृत्यु

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु भएको छ ।  मोरङ उर्लाबारी नगरपालिका– २ की ८४ वर्षीया वृद्धाको बिहीबार मृत्यु भएको हो ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएकी वृद्धा होम आइसोलेसनमा बसेकी थिइन् । 

यसैगरी, बुधबार राति सुनसरी इटहरीका दुई जनाको संक्रमणका कारण मृत्यु भएको थियो । इटहरीमा होटल व्यवसाय गर्ने इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुष र लागुऔषध मुद्दामा पूर्पक्षका लागि मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको मृत्यु भएको हो ।

५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको १५ मिनेटमै बुधबार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनमा बुधबार कोरोना पोजेटिभ पुष्टि भएको थियो । 

यो पनि