कात्तिक ०६, २०८१, मंगलबार
               

वीरेन्द्रनगरमा मृतावस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

वीरेन्द्रनगर । आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

असोज १३ गते मृत भेटिएकी भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । 

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार १४ गते कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा  उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको  हो ।


कस्तो लाग्यो ?

यो पनि