जेठ ०३, २०८१, बिहीबार
               

राजविराजका संक्रमितको धरानमा मृत्यु

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा असोज १० गते भर्ना भएका सप्तरी राजविराज ४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार असोज ९ गते कोभिड १९ पोजिटिभ देखिएका बिरामीमा ज्वरो, खोकी, श्वासप्रश्वासमा अधिक समस्या रहेको थियो ।

त्यसैगरी, बिरामीमा १० वर्षदेखि मधुमेह, उच्च रक्तचाप, र मिर्गाैलामा समस्या भएर डाइलासिस हुँदै आएको उनले बताए ।

धरानमा हालसम्म ३७ जना संक्रमितको मृत्यु भइसकेको प्रतिष्ठानले जनाएको छ ।

प्रदेश १ मा यससँगै हालसम्म ६९ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा प्रदेश १ बाहिरबाट २ महिला र १२ पुरुष गरी १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि