जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाका कारण पर्सा र  सर्लाहीमा एक/ एक जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

वीरगञ्ज । कोरोना भाइरसका कारण पर्सा र  सर्लाहीका  एक/ एक जनाको मृत्यु भएको छ ।कोरोनाका कारण पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ स्थित रेञ्ज औराहाका ६५ वर्षीय पुरुष र सर्लाहीको बरहथवा नगरपालिका–६ का ७६  वर्षीय पुरुषको मृत्यु भएको हो । 

पर्साका ६५ वर्षीय संक्रमित पुरुषलाई वीरगञ्जबाट थप उपचारका लागि चितवनको भरतपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।उनलाई नारायणी बयोधा हस्पिटलले सोमबार भरतपुर रिफर गरेको थियो ।  उनी मधुमेह र मिर्गौलाजस्ता रोगबाट पीडित थिए । 

यसअघि उनको नारायणी बयोधा र नेसनल मेडिकल कलेजमा १८ पटक डायलायसिस भइसकेको थियो । तीन दिनदेखि श्वासप्रश्वासमा  समस्या आएपछि असोज १० गते शनिबार उनलाई नारायणी बयोधा हस्पिटलमा भर्ना गरिएको थियो ।

यसैगरी सर्लाहीका ७६  वर्षीय एक पुरुषको उपचारको क्रममा नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा आइसोलेसन) वीरगञ्जमा सोमबार राति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सर्लाहीमै बिरामी परेका उनलाई उपचारका लागि असोज ११ गते नारायणी अस्पताल ल्याइएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनी पनि मधुमेह, उच्च रक्तचाप, मुटु र मिर्गौलाका बिरामी थिए । 


कस्तो लाग्यो ?

यो पनि