कात्तिक ३०, २०८१, शुक्रबार
               

हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुरमा

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

धनुषा । हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुर पुगेको छ । 

धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाबारे अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर पुगेको हो । 

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली मंगलबार जनकपुर पुगी सरोकारवालासँग छलफल सुरुवात गरेको बताइएको छ । 

देशका विभिन्न हिरासतमा मृत्यु भएकाहरुको स्थलगत अध्ययनका लागि केही दिनअघि ६ सदस्यीय अध्ययन समिति गठन भएको थियो ।  सो टोलीले मृतक सदाको घर पुगेर आफूहरुले उनकी आमा, श्रीमतिसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको  छ ।

यो पनि