बैशाख १७, २०८१, सोमबार
               

उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सक आन्दोलनमा

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सक प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गर्दै उनीहरु आनदोलनमा उत्रिएका हुन् । केही दिनअघि आन्दोलनमा उत्रिएका उनीहरुले म‌ंगलबार पनि सो आन्दोलनलाई निरन्तरता दिएका हुन् । 

फ्याकल्टीहरुको अढाई वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्नुपर्ने, वृद्धि भएको तलब उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता पाउनुपर्नेलगायत माग माग उनीहरुले राख्दै आएका छन् । 

फ्याकल्टीका न्यूनतम मागसमेत पूरा गर्न नसक्ने उपकुलपतिबाट प्रतिष्ठानको हितका अन्य काम हुन नसक्ने उनीहरुको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि