बैशाख २३, २०८१, आइतबार
               

पदयात्रा र पर्वतारोहण खुला, अनिवार्य सात दिन क्वारेन्टाइन बस्नुपर्ने

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड पूरा गरी जारी सिजनका लागि नेपाल आउने पर्यटकका लागि पदयात्रा र  पर्वतारोहणका लागि खुला गरेको हो । मन्त्रालयका अनुसार पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउनेछन् ।

यसको व्यवस्थापन अध्यागमन विभागले गर्नेछ । पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनुअगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिषा उपलब्ध नहुने अवस्था, समुहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।

उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ । पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेस गरेका पर्वतारोहण गर्ने पर्यटकका लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्नुपर्ने सर्त राखिएको छ ।

नेपाल आउने पर्यटकले  बढीमा ७२ घन्टा अगाडिसम्मको पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ हुनुपर्ने बताउँदै आएको छ । अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने भएको छ । मन्त्रालयका अनुसार कम्तिमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटेल बुकिङ अनिवार्य गर्नुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि