मंसिर ०६, २०८१, बिहीबार
               

कोरोना संक्रमित वृद्धाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

धनगढी उपमहानगरपालिका—१ की ६३ वर्षीया कोरोना संक्रमित एक महिलाको सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आज मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेकी उनमा असोज १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज ७ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा आज मृत्यु भएको हो । उनीसँगै कोरोना संक्रमणबाट अस्पतालमा मृत्यु हुने सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिकाका दुई र धनगढी उपमहानगरपालिकाका एक जना रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अहिले अस्पतालमा दुई जना संक्रमितको कोभिड सघन उपचार कक्षमा र १५ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा आजसम्म १५ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि