असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित सैनिकको मृत्यु

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार  गरिएकोमा त्यही निजको मृत्यु भएको जानकारी दिइएको छ । उनको पछिल्लो स्वाश परीक्षणमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको  सङ्ख्या दुई पुगेको छ । सेनामा कोरोना संक्रमितको सङ्ख्या  दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन्  । सेनामा हाल कोरोना सक्रिय संक्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि