काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाकाे मृत्यु भएकाे छ ।
योसँगै मृत्यु हुनेकाे संख्या ६७ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा काठमाडौं २, सप्तरी १, मकवानपुर २, ललितपुर १, भक्तपुर १, रुपन्देही १ र कैलालीका १ जना छन् । मन्त्रालयका अनुसार मृतकहरू २० देखि ८८ वर्षसम्मका छन् ।