उदयपुर । त्रियुगा नगरपालिका–५ की एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाको अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताए ।
पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।