असोज ०६, २०८१, आइतबार
               

जेलबाट छुटेलगत्तै आफूविरुद्ध साक्षी बसेको भन्दै छिमेकीमाथि आक्रमण : श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

रौतहट । रौतहटमा छिमेकीले धारिलो हतियारले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।

देवाही गोनाही नगरपालिका–५ टिकुलिया टोलका महेश तिवारी र उनकी श्रीमती जगरानी देवी तिवारीमाथि तीनजनाको समूहमा आएका छिमेकीले धारिलो हतियारले आक्रमण गर्दा जगरानी देवीको मृत्यु भएको हो ।

शुक्रबार राति घरमै बसिरहेको बेला दम्पतिमाथि आक्रमण भएको हो ।

तिवारी दम्पतिमाथि स्थानीय बली मुखिया, सोनेलाल मुखिया र प्रदीप मुखियाले पहिले धम्की दिएको र त्यसको केही समयमा मादक पदार्थ सेवन गरी आएर धारिलो हतियारले आक्रमण गरेको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

आक्रमणमा घाइते भएका दुवैजनालाई उपचारको लागि वीरगञ्ज ल्याइएकोमा उपचारको क्रममा एल एस न्युरो अस्पतालमा जगरानीको मृत्यु भएको हो ।

गम्भीर घाइते रहेका महेशको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

हतियार प्रहार गर्ने बली मुखिया र योजनाकार अजय मुखियालाई राति नै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको तथा घटनामा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।

शाहका अनुसार पक्राउ परेकाहरु विरुद्धको मुद्दामा विपक्षीका तर्फबाट महेश तिवारी साक्षी बसेकोले उनलाई ज्यान मार्ने धम्की दिइएको थियो ।

बली मुखियासहितका व्यक्तिहरु ज्यान मार्ने उद्योगमा भर्खरै धरौटीमा रिहा भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि