असोज ०६, २०८१, आइतबार
               

सप्तरीका एक सरकारी कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

राजविराज । कोरोना संक्रमणबाट सप्तरीमा एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

ती कार्यालय सहयोगीमा भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । सुरुमा उनलाई ज्वरो आए पनि पछिल्लो चार दिनदेखि उनी सामान्य नै रहेको तर बिहीबार बिहान उनको मृत्यु भएको प्रमुख यादवले बताएका हुन् ।

मृत्यु भएका पुरुष सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे । उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि