मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपाले १० दिनभित्र पार्टी एकता टुंग्याउने कार्ययोजना ल्याउने

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १० दिनभित्र सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने कार्ययोजना बनाउने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

जसका जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यस विषयमा अध्यक्षद्धय र महासचिवलाई जिम्मेदवारी दिइएको छ, र कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तयारी छ ।’

बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । 
बाँकी रहेका विविध एजेन्डामा २–३ भित्र बैठक बसेर छलफल र निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

मंगलबारको बैठकले मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तयार गर्ने अपेक्षा गरिएको भए पनि यसबारे कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय गरेपछि मापदण्ड आगामी बैठकले तयार गर्ने बताइएको थियो । 

यस्तै, प्रवक्ता श्रेष्ठले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएकोमा सर्वोच्चमा रिट परेको विषयमा सरकारलाई सर्वोच्चबाट जानकारी आइनसकेको बताए । औैपचारिक जानकारी आएपछि कसरी अघि बढ्ने भन्नेमा आवश्यक छलफल र निर्णय लिइने उनको भनाइ थियो । सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

यो पनि