असोज ०६, २०८१, आइतबार
               

कोरोनाबाट झापामा एक वृद्धाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

कोरोना संक्रमणका कारण आज झापामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेची नगरपालिका– ५  निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचाररत रहेकी वृद्धाको आज निधन भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या झापामा चार पुगेको छ । 

झापामा हालसम्म सात सय ९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २४ हजार ६६५ जनाको कोरोना परीक्षण गर्दा ७९१ जनालाई कोरोना सङ्क्रमण देखिएको हो । कोरोना संक्रमितमध्ये ६७८ जनाले कोरोना जितेर घर फर्किएका छन्  ।


कस्तो लाग्यो ?

यो पनि