असोज ०६, २०८१, आइतबार
               

कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

झापा । कोरोना सङ्क्रमित एक महिलाको  मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।  

ताप्जेजुङकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घरोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी ३० गते मेडिकल कलेजको सघन उपचारकक्षमा भर्ना  भएकी थिइन् । 

उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि