जेठ ०९, २०८१, बुधबार
               

सप्तरीको रुपनी गाउँपालिकाका वडाध्यक्षको निधन

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको मृत्यु भएको छ। 

परिवारका सदस्यका अनुसार केही महिनादेखि बिरामी रहेका मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको शव घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।  

विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिन अस्पताल बसी घर फर्किए पनि स्वास्थ्यावस्था गम्भीर भएपछि  पुन: अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । 

उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि