असोज ०६, २०८१, आइतबार
               

चितवनमा २ संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका-१० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै सोही कलेजमा उपचारका क्रममा चितवनका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका-५ का ५५ वर्षीय पुरुष रहेका छन् ।  निर्देशक लम्सालका अनुसार गत भदौ २६ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको असोज ३ गते कोरोना पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । उक्त अस्पतालमा हालसम्म १४ जना संक्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । जसमध्ये १८ चितवनका हुन् ।


कस्तो लाग्यो ?

यो पनि