असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकाका ६ सहित थप १० संक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ महिलासहित थप १० जनाकाे मृत्यु भएकाे छ । 

योसँगै मृत्यु हुनेकाे संख्या ४११ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । साथै काठमाडौं उपत्यकामा मात्र ५ महिला र १ पुरुष गरी ६ जनाकाे मृत्यु भएकाे छ । 

मन्त्रालयका अनुसार मृत्यु हुने पुरुषहरूमा काठमाडौं, धनुषा, चितवन र रुपन्देहीका छन् । त्यस्तै महिलाहरूमा ललितपु, भक्तपुर र पाल्पाका १/१ जना तथा काठमाडौंका ३ जना रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि