जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट सोमबार १५ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै एक महिलासहित ६ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार काठमाडौंमा ६१ वर्षीया महिलासहित पाँचजना पुरुषको मृत्यु भएको हो । योसहित पछिल्लो २४ घण्टामा ज्यान जानेहरुको संख्या १५  पुगेको छ । सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३६० पुगेको छ ।

पछिल्लो २४ घन्टा ११७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा  उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा  कोरोनाका कारण २६० जनाले ज्यान गुमाएका छन् भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि