बैशाख २०, २०८१, बिहीबार
               

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३१ हजार नाघ्यो

एजेन्सी
भदौ २९, २०७७

ADVERTISEMENT

ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट एक लाख ३१ हजार ६२५ जनाको ज्यान गएको  बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार गत हप्तादिनमा मात्र चार हजार जनाको ज्यान गएको छ ।

उक्त मन्त्रालयका अनुसार संक्रमणबाट २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ । योसँगै ब्राजिलमा एक लाख ३१ हजार ६२५ जनाको ज्यान गएको हो । ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् । सोमबारसम्मको तथ्यांकअनुसार ब्राजिलमा कोभिड संक्रमितहरुको जम्मा संख्या ४३ लाख ३० हजार ४६४  पुगेको बताइएको छ। 

गएको २४ घन्टायता यो सङ्क्रमणका करिब १५ हजार जना नयाँ संक्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यहाँका ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा अमेरिका र भारतपछि ब्राजिल पर्दछ । सबैभन्दा बढी सङ्क्रमित देशमध्ये दोस्रोमा पर्ने ब्राजिलभन्दा गत हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि