जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक कोरोना संक्रमित महिलाको काठमाडौंमा मृत्यु भएको छ ।

आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट  सेन्टरमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनाएको छ ।

ती महिलामा मुटुसम्बन्धी समस्या  थियो । भदौ २० गते अस्पताल भर्ना भएकी उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौं लगिएको जनाइएको छ । यससँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । 

यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरामा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौंमा र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौंमा मृत्यु भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि