जेठ ०६, २०८१, आइतबार
               

अन्त्येष्टिपछि कोरोना पुष्टि, मलामी थिए २०० जना

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

पोखरा । पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारकाे क्रममा मृत्यु भएकी एक महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा–५ निवासी ४५ वर्षीया महिलाको भदौ २६ गते राति मृत्यु भएको थियो ।

ब्लड क्यान्सरबाट पीडित ती महिलाको ३ दिनदेखि अस्पतालको आइसीयूमा राखेर उपचार हुँदै आएकोमा शुक्रबार मृत्यु भएपछि अस्पतालले कोरोना रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएको थियो ।

गत बिहीबार स्वाब संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा शनिबार बिहानमात्र रिपोर्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

मृतकका आफन्तले अस्पताल प्रशासनको लापरबाही भएको बताएका छन् । उनीहरुले रिपोर्ट नआउँदै कोरोनाको कारण नभै अन्य कारणले ज्यान गएको भनी आश्वस्त पारेपछि शव बुझेको र रिपोर्ट भने पोजेटिभ आएकोले यसको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने बताएका छन् ।

उनको अन्त्येष्टिमा मलामी गएका  प्रदेश सांसदसहित झण्डै २ सय जना मानिसहरु क्वारेन्टाइन छन् ।


कस्तो लाग्यो ?

यो पनि