जेठ ०६, २०८१, आइतबार
               

यस्तो छ, काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको अवस्था

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ उपचाररत रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५२९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा १५ मा ४६९ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी, वडा १६ मा ३६६, वडा ३ मा ३१५ जनामा सङ्क्रमण देखिएको छ । 

यसैगरी, वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।  सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयंसेवक परिचालित छन् ।

यो पनि