जेठ ०४, २०८१, शुक्रबार
               

दिनेश सञ्चारगृहमा भएको आक्रमणको घटनाप्रति भत्सर्ना

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

नेपाल पत्रकार महासङ्ले समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकारमाथि कुटपिटको घटनाप्रति भत्सर्ना गरेको छ ।  

“प्रकाशित समाचार चित्त नबुझे कानूनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो, महासङ्घ प्रेसमाथि गरिएको यो ज्यादतीको कडा शब्दमा भत्सर्ना गर्दछ”, महासङ्घद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ ।

महासङ्घ कैलाली शाखाका अनुसार धनगढी थुनुवा कक्षभित्रै एक युवकले आत्महत्या गरेको विषयमा प्रकाशित समाचारलाई लिएर आज १५/२० जनाको समूहले एक्कासी सञ्चारगृहभित्र प्रवेश गरी आक्रमण गर्दै उक्त समाचार डिलिट गर्न धम्क्याउँदै एफएमका सह–सम्पादक जनक विष्टलगायतका पत्रकारमाथि हातपात र कुटपिट गरेको थियो ।

घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्वाहरुपमा काम गर्ने वातावरण निर्माण गर्नसमेत महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

यो पनि