जेठ ०४, २०८१, शुक्रबार
               

चितवनमा कोरोनाबाट एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणबाट  मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ६१ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । 

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि यही भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज साँझ ७ वजे मृत्यु भएको हो । सोही अस्पतालमा बिहीबार र शुक्रबारमा खोकी, ज्वरो र श्वासप्रश्वासका कारण तीन जनाको मृत्यु भएको छ । उनीहरूको पिसीआर परीक्षणको नतिजा आउन बाँकी रहेको छ । 

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २५ जना पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १५ , मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३, वारा, गोर्खा र कैलालीका १/१ जनाको कोरोना संक्रमणले मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि