जेठ ०४, २०८१, शुक्रबार
               

भक्तपुरमा घरभित्र ३ जनाको शव भेटियो

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । भक्तपुरमा एकैघरका ३ जना आफ्नै घरमा मृत भेटिएका छन् ।

मध्यपुरथिमि नगरपालिका-९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । 

घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

शव गन्हाइरहेको अवस्थामा रहेकाले केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ

घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले हत्या आशंकामा अनुसन्धान सुरु गरिएकाे जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि