बैशाख १६, २०८१, आइतबार
               

उपत्यकामा सवारीसाधनको चाप बढ्यो

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनको चाप एक्कासि बढेको छ । जारी निषेधाज्ञा खुकुलो पारी यातायातका साधनलाई जोरबिजोरका आधारमा सञ्चालन हुन दिने सरकारको निर्णयसँगै उपत्काका सडकमा सवारीसाधनको चाप बढेको हो । 

उपत्यकाका  तीन जिल्ल अधिकारीहरुको बैठकले बिहीबारदेखि उपत्यकमा निजी सवारीसाधन, १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन  र ट्याक्सी पनि जोरबिजोरको आधारमा सञ्चालन हुन पाउने निर्णय गरेको थियो । 

ट्राफिक प्रहरीका अनुसार गतेका आधारमा जोरबिजोर प्रणालीका आधारमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ । प्रहरीका अनुसार जोर गते जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका यातायातका साधन सञ्चालन हुन पाउनेछन् ।

यो पनि