पोखरा । पोखरामा दुई जना महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा-७ शान्तिनगरका ३७ वर्षीय बामदेव सुवेदी रहेका छन् ।
उनले विभिन्न प्रलोभन तथा डरधम्की देखाई ३१ र ३६ वर्षीया दुई महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुई महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सुवेदीलाई मंगलबार उनकै घरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।
सुवेदीलाई जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।