बैशाख १३, २०८१, बिहीबार
               

बलात्कार अभियोगमा एक ट्याक्सी चालक पक्राउ

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

पोखरा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–२० भलामका ३५ वर्षीय गणेश खत्री रहेका छन् । उनी पेशाले ट्याक्सी चालक हुन् ।

हिजो (शनिबार) १८ वर्षीया किशोरीलाई जंगलको एकान्त बाटोमा एक्लै हिँडिरहेको अवस्थामा डर र धाकधम्की देखाई जवरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता (डिएसपी) सुबास हमालले जानकारी दिए ।

खत्रीलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि