असोज ०६, २०८१, आइतबार
               

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा मृत अवस्थामा भेटियो

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा  दुर्लभ मानिने एकसिंगे गैंडा मृत भेटिएको छ।

 प्रमुख संरक्षण अधिकृतका अनुसार निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा टाउकोमा दुई गोली लागेको अवस्थामा गैँडा मृत भेटिएको हो । उनका अनुसार मृत गैंडा घोलमा डुबेको छ ।

सो गैँडा निकुञ्जको गस्ती टोलीले भदौ २१ गते मा भेटेको थियो । सो गैँडा ५/७ दिन अगाडि मारेको हुन सक्ने अनुमान गरेको छ । तर, मृत भेट्टिएको सो गैंडाको खाग र खुर सुरक्षित रहेको बताइएको छ । निकुञ्ज स्रोतका अनुसार २०७३ सालयता तस्करले कुनै पनि गैँडा मारेका थिएनन् । 

यो पनि