असोज ०६, २०८१, आइतबार
               

एउटै उद्योगका ८३ जनामा कोरोना संक्रमणा देखिएपछि उद्योग सिल

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

पोखरा । पोखरामा रहेको एक उद्योगमा कार्यरत ८३ जनामा  कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरिएको छ ।

पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.ली.मा कार्यरत ८३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

एउटै उद्योगमा ८३ जना संक्रमित फेला परेपछि उद्योग सिल गरिएको पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । 

पोखरा फुड्समा चार दिनअघि मात्रै ३३ जना संक्रमित फेला परेका थिए । सोमबार २५ र मंगलवार २५ जना समेत गरी ८३ जना संक्रमण देखिएको आचार्यले बताए ।

उद्योगमा कार्यरत एकजना कामदारमा (कन्ट्याक्ट ट्रेसिङका क्रममा) कोरोना पुष्टि भएको थियो ।

त्यसपछि उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि