जेठ ०६, २०८१, आइतबार
               

उपत्यकाका तीन प्रजिअ भर्चुवल बैठक बस्दै

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको भर्चुवल बैठक मंगलबार पुन: बस्दै छ । बुधबार रातिसम्म लम्ब्याइएको निषेधाज्ञाको समयवधि सकिनै लाग्दा नयाँ निर्णय लिनका सो बैठक बस्न लागेको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार मंगलबार बस्ने भर्चुवल बैठकमा निषेधाज्ञाबारे विस्तृत छलफल हुनेछ । ‘सो बैठकको निर्णय र  त्यसको रायसुझावपश्चात् गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञाबारे निर्णय हुनेछ,’ उनले भने। 

यसका अलवा दाहालले उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायत प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग मंगलबारै छलफल गर्ने बताए । ‘यो छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ,’ उनले भने, ‘यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइनेछ ।’


कस्तो लाग्यो ?

यो पनि