असोज ०६, २०८१, आइतबार
               

काठमाडौंको डल्लुमा घरमै कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । डल्लुमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ डल्लुस्थित सरस्वतीस्थानका ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।  

लामो समयदेखि मिर्गौलाका विरामी उनमा हिजो कोरोना पुष्टि भएको थियो । काठमाडौं महानगरका प्रवक्ता समेत रहेका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलका अनुसार कोरोनाको लक्षण नदेखिए पनि गत १७ गते ललितपुरको पाटन अस्पतालमा नियमित डायलासिस गराउने क्रममा उनको स्वाब संकलन गरी पिसीआर परीक्षण गरिएको थियो ।  

‘उनी किड्नीका विरामी थिए, १७ गते डायलासिस गर्ने क्रममा पिसीआरको लागि स्वाब दिएर आएका थिए, कोरोना संक्रमण भएको रिपोर्ट आउनुअघि नै उनको हिजो बेलुकी पाँच बजेतिर मृत्यु भयो’ वडाध्यक्ष डंगोलले भने । 

मृत्यु भएका पुरुषको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरिरहेको छ।’  
 


कस्तो लाग्यो ?

यो पनि