असोज ०६, २०८१, आइतबार
               

कोसी अस्पतालमा थप एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान सवा ३ बजेतिर मृत्यु भएको हो ।

बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन ‘होम आइसोलेसन’ मा बसेका थिए ।

उच्च रक्तचापको समस्या र श्वासप्रश्वासमा कठिनाइ भएपछि उपचारका लागि शनिबार पुरुष केन्द्रमा भर्ना भएका थिए ।

हालसम्म कोरोनाबाट संक्रमणबाट विराटनगर महानगरपालिकाभित्र १५ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि