जेठ ०६, २०८१, आइतबार
               

दसैँसम्म निषेधाज्ञा जारी राख्न ललितपुरका सिडिओ नारायणप्रसाद भट्टको सुझाव

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टले दसैँसम्म निषेधाज्ञा जारी राख्न सुझाव दिएका छन् । 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरससम्बन्धी अनुगमन र मूल्यांकनका लागि गठन भएको उपसमितिको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् । 

यसका अलवा प्रजिअ भट्टले चाडपर्व र जात्रासँग जनताको भावना गाँसिएकाले सो समयमा मान्छेको भीडभाड बढ्दा कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्ने उनको भनाइ थियो । 

‘तीजका बेला हामीले तत्काल आदेश जारी गरेका थियौँ, त्यसैले व्यवस्थापन भएको थियो । अब फेरि चाँडबाड आएका छन्, दसैँजस्तो ठूलो चाड आएको छ,’ उनले भने ।

यसका अलवा उनले चाँडबाड र रीतिरिवाजमा मान्छेको भावना जोडिएको बताउँदै रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप र भीडतर्फ संकेत गर्दै दसैँमा पनि यस्तो अवस्था आउन सक्ने बताए । 

यो पनि