बैशाख ३०, २०८१, आइतबार
               

सडकमा दूध पोख्ने व्यक्ति हिरासतबाट छुटे

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

कठमाडौं । दूध पोख्ने व्यक्ति हिरासतबाट छुटेका छन् । भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक  मनोज श्रेष्ठ एक रात हिरासतमा बसी आइतबार छुटेका हुन् ।

रानीकोट डेरीका सञ्चालक श्रेष्ठ शुक्रबार पक्राउ परेका  थिए । अब आइन्दा यस्तो नगर्ने भनी कागज गरी उनी हिरासतबाट छुटेका छन् । उनले  किसानको दूध नबिकेपछि प्रतिकात्मक रुपमा भाइरल हुन पोखेको, तर सामाजिक सञ्जालबाट राम्रो प्रतिक्रिया नपाएको बयान उनको भनाइ थियो । 

‘भाइरल हुन खोज्दा गाली र सस्ती भोग्नुपर्यो,’  उनले भने,  ‘दूध पोखेर आफूले एकातर्फ सामाजिक सञ्जालमा गाली खाएको र अर्कोतर्फ दूध  नष्ट भयो ।’ भदौ १३ गते शनिबार सूर्यविनायकमा रहेको रानीकोट डेरीका सञ्चालकले २२० लिटर दूध सडकमा पोखेका थिए । 


कस्तो लाग्यो ?

यो पनि